सिमलताल दुर्घटना : मृतकका परिवारलाई एक लाख

हिमाल प्रेस २ साउन २०८१ १३:१६ | Wednesday, July 17, 2024
सिमलताल दुर्घटना : मृतकका परिवारलाई एक लाख

महेन्द्रनगर (धनुषा)- मधेश प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेश प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।

मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेश प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउने बताए।

‘दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ।’ मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए।

प्रकाशित: २ साउन २०८१ १३:१६ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast