मनसुनी विपद् : २४ घण्टामा सात जनाको मृत्यु

हिमाल प्रेस १ साउन २०८१ १८:३३
36
SHARES
मनसुनी विपद् : २४ घण्टामा सात जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- गत २४ घण्टामा मनसुनी विपद्मा परी सात जनाको मृत्यु भएको छ। मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ। गत जेठ २८ देखि आजसम्ममा उनीहरूको मृत्यु भएको हो।

उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो।

काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताए।

बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ।

उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन्। साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ साउन २०८१ १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast