ऊर्जा क्षेत्रमा लोभलाग्दो उपलब्धि हासिल भएको छ : प्रधानमन्त्री दाहाल

हिमाल प्रेस २८ असार २०८१ १२:५२ | Friday, July 12, 2024
ऊर्जा क्षेत्रमा लोभलाग्दो उपलब्धि हासिल भएको छ : प्रधानमन्त्री दाहाल पुष्पकमल दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन्।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले अन्तरदेशीय विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको क्रम तीव्ररूपमा अगाडि बढेको बताएका हुन्।

‘ऊर्जा क्षेत्रमा सरकारको उपलब्धि लोभलाग्दो छ। प्रधानमन्त्रीका रूपमा मेरो दोस्रो कार्यकालमा देशले कहालीलाग्दो लोडसेडिङबाट मुक्ति पायो। त्यतिखेर त्यो कसैले नसोचेको विषय सम्भव भएको थियो,’ प्रधानमन्त्रीले भने, ‘अब विद्युतमा पहुँच नभएको नागरिक बाँकी छैन। विद्युत उर्जाको जडित क्षमता करिब ३२ सय मेगावाट पुगेको छ भने केही महिनामैं करिब ५ सय मेगावाट थप हुने चरणमा छ। जलविद्युतमा निजी क्षेत्रको सहभागितालाई उच्च प्राथमिकतामा राखी हालसम्म करिब १० हजार मेगावाटका आयोजनाहरूसँग विद्युत खरिद सम्झौता भइसकेको छ।’

उनले हरेक वर्ष करिब एक हजार मेगावाटको हाराहारीमा विद्युत उत्पादन क्षमता वृद्धि हुने ठाउँमा नेपाल पुगेको बताए। प्रधानमन्त्रीले सरकारी निकायबाट ठूला जलाशययुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणको तयारी पूरा भएको जानकारी दिए।

प्रकाशित: २८ असार २०८१ १२:५२ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast