‘यति, ओम्नी गिरिबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ’

हिमाल प्रेस २८ असार २०८१ १२:३४
50
SHARES
‘यति, ओम्नी गिरिबन्धुहरूको बोझ र कलंक नबोकी पनि सरकार चलाउन सकिन्छ’ पुष्पकमल दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण पछिल्लो राजनीतिक अवस्था सिर्जना भएको बताए

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गर्दा षडयन्त्र भएको बताएका हुन्।

‘मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्न म कृतसंकल्पित छु,’ प्रधानमन्त्रीले भने, ‘सरकारले राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहको सरलीकरणको प्रयास गर्‍यो। सरकारले विश्वविद्यालयमा मेरिटोक्रेसीको प्रयास गर्‍यो। सरकारले जनतालाई सुशासनको ठोस अनुभूति दिने प्रयास गर्‍यो।’

उनले देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने भाष्य र जनतामा जागेको असन्तोषलाई सम्मोधन गर्न आफू नेतृत्वको सरकारले काम गरेको दाबी गरे। ‘देशको एउटा विशेष वर्ग कानूूनभन्दा माथि छ भन्ने भाष्य र त्यसले जनतामा जागेको असन्तोषलाई सम्बोधन गर्ने प्रयास गर्‍यो,’ उनले भने, ‘कुनै यति, कुनै ओम्नी र कुनै गिरिबन्धुहरूको बोझ र कलङ्क नबोकी पनि सरकार चलाउन सकिन्छ भन्ने उदाहरण पेस गर्‍यो।’

प्रकाशित: २८ असार २०८१ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast