अविरल वर्षा हुँदा भोजपुर-चखेवा सडकखण्डको मेस्पाङमा सडक भासियाे

हिमाल प्रेस २६ असार २०८१ १२:०४ | Wednesday, July 10, 2024
अविरल वर्षा हुँदा भोजपुर-चखेवा सडकखण्डको मेस्पाङमा सडक भासियाे

भोजपुर- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका-३ मेस्पाङामा सडक भासिएको छ। भोजपुर-चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्। उक्त स्थानमा आज बिहान सडक भासिएको हो।

‘वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ’,उपाध्यक्ष राईले भनिन्,‘सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ।’

प्रकाशित: २६ असार २०८१ १२:०४ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast