यी जिल्ला बाढीको उच्च जोखिममा

हिमाल प्रेस २६ असार २०८१ १०:२२ | Wednesday, July 10, 2024
यी जिल्ला बाढीको उच्च जोखिममा

काठमाडौँ- आज पनि देशका विभिन्न जिल्ला भारी वर्षा भइरहेको छ। वर्षात्‌का कारण जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले विभिन्न जिल्ला उच्च जोखिममा रहेको बताएको छ।

कोशी प्रदेशका अधिकांश जिल्ला इलाम, झापा, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, तेह्रथुम, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटमा आकास्मिक बाढीको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ। यी जिल्लाका नदी तटीय क्षेत्रमा जाँदा उच्च सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: २६ असार २०८१ १०:२२ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast