कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २२ असार २०८१ ८:३५
8
SHARES
कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ।

यही असार १७ गते नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो।

आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले बताए।

प्रकाशित: २२ असार २०८१ ८:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =