तानसेन-तम्घास सडक अवरुद्ध

हिमाल प्रेस २२ असार २०८१ ७:५४
6
SHARES
तानसेन-तम्घास सडक अवरुद्ध फाइल तस्बिर

काठमाडौँ- अविरल वर्षाले सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ। यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।

सडकमा खसेको पहिरोको कारण दुबै सडक खण्ड शनिवार बिहानैदेखि अवरुद्ध बनेको छ। सडक अवरुद्ध बनेपछि पाल्पाबाट बुटवल जाने र बुटवलबाट पाल्पातर्फ आउने सवारीसाधन बीच बाटोमै राखिएको छ।

यस्तै तानसेनबाट तम्घासतर्फ र गुल्मीबाट पाल्पातर्फ आउने सवारीसाधनसमेत राखिएको प्रनाउ श्रेष्ठले बताए।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। तर पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ। कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ। अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने उनले जानकारी दिए।

प्रकाशित: २२ असार २०८१ ७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =