 
                             
                                            सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बहुमतले पारित गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो। आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याइएको छ।
जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात् ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात् २४.१२ प्रतिशत बजेट ल्याइएको छ।
वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन गरिएको छ। सरकारले ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब घटेर आएको छ। चालु आर्थिक वर्षमा ३३ अर्बको बजेट ल्याइएको थियो।
                            प्रकाशित: २१ असार  २०८१ १७:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 