भरतपुरले गर्‍यो एकलाख नगदसहित सन्दीप लामिछानेलाई सम्मान

हिमाल प्रेस १८ असार २०८१ १६:२४
42
SHARES
भरतपुरले गर्‍यो एकलाख नगदसहित सन्दीप लामिछानेलाई सम्मान

चितवन- किक्रेटर सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेलाई महानगरले एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो।

उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा सम्मान गरे।

त्यस अवसरमा नगरप्रमुख दाहालले खेलाडीको सम्मानले उनीहरू खेलप्रति अझ प्रोत्साहित हुने विचार व्यक्त गर्दै भरतपुर महानगरपालिकाले खेलाडी सम्मानलाई प्राथमिकतामा राखेको बताइन्। भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माणदेखि खेलक्षेत्रमा सक्दो सहयोग गर्दै आएको उनको भनाइ छ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सुदीप पियाले खेलक्षेत्रको विकासका लागि महानगरले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे।

प्रकाशित: १८ असार २०८१ १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =