पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

हिमाल प्रेस १० असार २०८१ २०:४५
16
SHARES
पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट

पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। क्षेत्रफल आधारमा देशकै सबैभन्दा ठूलो महानगर पोखराको प्रस्तुत बजेट चालु आव तुलनामा करिब ४३ करोडले बढी हो। चालु आवमा ७ अर्ब ८ करोड ३४ लाख बराबरको बजेट विनियोजन भएको थियो।

महानगरको १५ औं नगरसभामा सोमबार उपमेयर मञ्जुदेवी गुरुङले आगामी आवको बजेट प्रस्तुत गरेकी हुन्।

सार्वजनिक बजेटकोे स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने अनुमान छ। नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ।

बजेटले पर्यटन, कृषि, उद्योग तथा व्यापार क्षेत्रको सम्बन्ध सदृुढीकरण, हरित दिगो र विपद् उत्थाननशील पूर्वाधार विकास, मूल्य श्रृंखला सवलिकरण र बजार प्रणाली सुदृढीकरण, न्यून कार्बन समाज र कार्बन तटस्थता, सरलीकृत र प्रविधिमैत्री सेवा प्रवाह, वातावरणप्रति संवेदनशील र जिम्मेवार समाजको निर्माण, नवउद्यम प्रवद्र्धन तथा स्वरोजगार र उदमशील विकास, स्वास्थ्य र उत्पानशील जनशक्ति तयार, वित्तीय सुशासन तथा राजस्व परिचालन र महिला, विपन्न र सिमान्तकृत समदुायको आर्थिक सशक्तीकरण बजेटका प्राथमिकता हुन्।

पोखरा भ्रमण वर्ष २०२५, पोखरा सबै मौसमका लागि अभियान, मुक्ति क्षेत्र प्रवेशद्वार, रोयल ट्रेकको विस्तृत अध्ययन लगायत कार्यक्रममा पनि बजेट विनियोजन गरेको छ।

प्रस्तुत बजेटमा कृषि क्षेत्रमा ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ। शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनार्थ १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्य कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको छ।

एसियाली विकास बैंक सहयोगमा सञ्चालन हुने सहरी उत्थानशीलता तथा जीविकोपार्जन सुधार आयोजनाका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ।

पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिशुवादेखि सिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड विनियोजन भएको छ।

राजस्व सुधारमा स्वयंसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ। महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ।

महानगरले चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च गरेको छ। असार मसान्तसम्म ७५ प्रतिशत खर्च हुने अनुमान छ।

आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको ३८.३० प्रतिशत हासिल भएको छ। महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै गरेको हो।

१ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ।

२०७९÷८० को लेखापरीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ।

प्रकाशित: १० असार २०८१ २०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =