वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५७ करोड बढीको बजेट

हिमाल प्रेस १० असार २०८१ २०:१२
12
SHARES
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ३ अर्ब ५७ करोड बढीको बजेट

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ३ अर्ब ५७ करोड १८ लाख ६८ हजार बराबरको बजेट ल्याएको छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले नगरसाभमा बजेट सार्वजनिक गरेका हुन्।

कुल बजेटमध्ये चालुतर्फ १ अर्ब ७५ करोड ७३ लाख ६८ हजार अर्थात् ४८.९३ प्रतिशत, पुँजीगततर्फ १ अर्ब ८३ करोड ४५ लाख अर्थात् ५१.०७ प्रतिशत बजेट विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमा संघीय वित्तीय समानीकरण अनुदान २४ करोड १२ लाख, संघीय सर्शत अनुदान १ अर्ब ६९ करोड २८ लाख ५१ हजार, संघीय राजश्व बाँडफाँटबाट १८ करोड ९८ लाख ८१ हजार, संघीय विशेष अनुदान पुँजीगत १ करोड ५० लाख, संघीय सरकार समपूरक अनुदान पुँजीगत एक करोड, संघीय सरकार रोयल्टी ८ लाख १८ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान २ करोड ९९ लाख १४ हजार, प्रदेश सशर्त अनु्दान २८ करोड १३ लाख ३८ हजार, प्रदेश राजश्व बाँडफाँट ६४ लाख ७५ हजार, घर जग्गा रजिष्ट्रेसन तथा मनोरञ्जन १४ करोड ३६ लाख ५८ हजार, दहत्तर बहत्तर शुल्क २ करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ३६ करोड ८३ लाख, आ.व. २०८०/२०८१ को मौज्दात रहने रकम १८ करोड ७४ लाख र सामाजिक सुरक्षा अनुदान ४० करोड रहेको छ।

नगरसभामा पेस गरिएको बजेटमा कृषि विकास कार्यक्रमतर्फ ५६ लाख ६० हजार, पशुपन्छी विकास कार्यक्रमतर्फ ४५ लाख ६० हजार, उद्यम सहकारी तथा उपभोक्ता हिततर्फ ६१ लाख ५० हजार जनस्वास्थ्य प्रवर्द्धन तथा नगर अस्पतालका लागि ४ करोड ५ लाख ५८ हजार विनियोजन गरिएको छ।

यसै गरी महिला बालबालिका ज्येष्ठ नागरिक अपांगलगायत लक्षित वर्षका लागि १ करोड १६ लाख ३० हजार, शिक्षा युवा तथा खेलकुदतर्फ ७ करोड ९० लाख ६७ हजार, पूर्वाधार विकासतर्फ २५ करोड ८५ लाख वजेट विनियोजन गरिएको छ।

कृषि पशु खानेपानी सुशासन तथा पुर्वाधार स्वास्थ्य शिक्ष रोजगार झोलुंगे पुल लगायतका लागि संघीय सरकारबाट सशर्त अनुदान १ अर्ब ६९ करोड २८ लाख बजेट विनियोजन गरिएको छ।

प्रकाशित: १० असार २०८१ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =