साउथ अफ्रिकालाई अन्तिम बलमा जित्न नसक्दा दुःख लाग्यो : सन्दीप लामिछाने

हिमाल प्रेस ८ असार २०८१ १८:२३ | Saturday, June 22, 2024
साउथ अफ्रिकालाई अन्तिम बलमा जित्न नसक्दा दुःख लाग्यो : सन्दीप लामिछाने

काठमाडाैँ-  अमेरिका र वेस्ट इन्डीजमा जारी आईसीसी टी–२० विश्वकपमा सहभागी भएर क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन्। नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिनअघि नै स्वदेश फर्किए पनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन्।

अमेरिकाले भिसा नदिएका कारण सन्दीप टीमका अन्य सदस्यसँगै नेपाल फर्किन पाएका थिएनन्। उनी क्यानडा हुँदै नेपाल आएका हुन्। नेपाल आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए।

विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टीममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए। उनले साउथ अफ्रिकालाई दिएको चुनौती निकै राम्रो भए पनि अन्तिम बलमा जित्न नसक्दा दु:ख लागेको सुनाए। उनले विभिन्न कारणले आफू केही समय क्रिकेटबाट बाहिर रहे पनि अब निरन्तर लागि पर्ने बताए। विश्वकपमा जितविहीन नेपाल समूह चरणबाटै बाहिरिएकाे थियाे।

प्रकाशित: ८ असार २०८१ १८:२३ | Saturday, June 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast