विश्वकप क्रिकेट : अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले हरायो

हिमाल प्रेस ७ असार २०८१ १३:१० | Friday, June 21, 2024
विश्वकप क्रिकेट : अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले हरायो

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर-८ को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई २८ रनले पराजित गरेकाे छ। नर्थ साउथमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस (डिएलएस)पद्धतिका आधारमा अस्ट्रेलिया विजयी भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रनको योगफल बनाएको थियो। १४१ रनको विजयी लक्ष्य पछयाएको अस्ट्रेलिया ११.२ ओभरको खेल चलिरहँदा पानी परेपछि खेल प्रभावित बनेको थियो।

त्यतिबेला अस्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो। त्यसपछि पानी नरोकिएपछि डिएलएस मेथडका आधारमा अस्ट्रेलियालाई विजयी घोषणा गरिएको हो। अस्ट्रेलियाका लागि डेभिड वार्नरले ३५ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा अविजित ५३ रन बनाएका थिए।

ट्राभिस हेडले २१ बलमा तीन चौका र दुई छककाको सहयोगमा ३१ रन बनाएका थिए। त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशका कप्तान नजमुल हृदोय शान्टोले सर्वाधिक ४१ रनको योगदान दिए। उनले ३६ बलमा पाँच चौका र एक छक्का प्रहार गर्दै ४१ रन बनाए।

त्यस्तै, टोहिद हरिडोइले २८ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ४० रन बनाए। बलिङतर्फ स्ट्रेलियाका प्याट कमिन्सले तीन विकेट लिए भने एडम जाम्पाले दुई तथा मिचेल स्टार्च, मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले समान एक/एक विकेट लिए।

प्रकाशित: ७ असार २०८१ १३:१० | Friday, June 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast