नेदरल्यान्ड्ससँग पाँच खेलमा विजयी भएको छ नेपाल

हिमाल प्रेस २२ जेठ २०८१ १३:११
38
SHARES
नेदरल्यान्ड्ससँग पाँच खेलमा विजयी भएको छ नेपाल

काठमाडौँ- आईसीसी टी २० विश्वकपमा नेपालले मंगलबार राति नेदरल्यान्ड्सको सामना गर्दैछ। नेपालले पहिलो खेल संयुक्त राज्य अमेरिकाको डालासस्थिन ग्रान्ड पियरे रंगशालामा नेपाली समयअनुसार राति सबा ९ बजे खेल्न लागेको हो।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोलीको यो पहिलो खेल हो।  टी २० मा नेपालका लागि नेदरल्यान्ड्स नयाँ टोली होइन। नेपाल र नेदरल्यान्ड्सले सन् २०१५ यता १२ खेल खेलेका छन्। नेपालले ५ खेल जितेको छ भने नेदरल्यान्ड्सले ६ खेल जितेको छ। एउटा खेलको भने नतिजा निस्किएको थिएन।

गत मार्चमा काठमाडौँको कीर्तिपुरमा भएको खेलमा नेदरल्यान्ड्स ४ विकेटले विजयी भएको थियो। यसैगरी मार्चमा कीर्तिपुरमै भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। फेब्रुअरीमा भएको खेलमा भने नेदरल्यान्ड्स २ रनले विजयी भएको थियो।

त्यसअघि सन् २०२१ अप्रिलमा दुई टिम तीनपटक आमनेसामने हुँदा नेपाल दुई खेलमा विजयी भएको थियो। अप्रिल २१, २०२१ मा भएको खेलमा नेपाल १ सय ४२ रनले विजयी भएको थियो। सोही अप्रिलमा भएको खेलमा नेदरल्यान्ड्स ३ विकेटले विजयी भएको थियो। १७ अप्रिलमा २०२१ मा कीर्तिपुरमा भएको खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो।

यसैगरी अक्टोबर २०१९ मा अल अमेरतमा भएको खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। २९ जुन २०१८ मा लर्ड्समा भएको खेल भने कुनै नतिजा निस्किएको थिएन।

जुलाई २०१५ मा भएको रोट्रोडाममा भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो भने सोही महिना भएको अर्को खेलमा नेदरल्यान्ड्स १८ रनले विजयी भएको थियो। २०१५ मा भएको चार खेलमा नेपाल एक खेलमा मात्रै विजयी भएको थियो।

२ जुलाईमा रोट्रोडाममा भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो। १ जुलाईमा अम्स्टेलभिनमा भएको खेलमा नेदरल्यान्ड्स १ सय ३ रनले विजयी भएको थियो। यसैगरी जुन २०१५ मा भएको खेलमा नेदरल्यान्ड्स १८ रनले विजयी भएको थियो।

नेपाली टोली रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रँदैछ। नेपालले जुन १२ मा फ्लोरिडामा श्रीलंकासँग खेल्ने तालिका छ। यसैगरी जुन १५ र १७ मा वेस्ट इन्डिजको सेन्ट भिस्नेजमा हुने खेलमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =