गृहमन्त्रीले सदनमा बोलेका कुराको हिसाबकिताब लिइन्छ : गगन थापा

हिमाल प्रेस २० जेठ २०८१ १२:१४
24
SHARES
गृहमन्त्रीले सदनमा बोलेका कुराको हिसाबकिताब लिइन्छ : गगन थापा प्रतिनिधिसभाको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद गगन थापा। तस्बिर : दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेले सदनमा बोलेका कुराको आफूहरूले हिसाबकिताब लिइने बताएका छन्।

उनले गृहमन्त्रीले सदनभित्र निम्न स्तरको कुरा गरेकाले त्यसको जबाफ माग्दै हिसाबकिताब माग्ने बताएका हुन्।

‘गृहमन्त्रीज्यु बोल्नुभयो। हामी जबाफ सुन्न चाह्यौँ। तर जबाफ भन्दा पनि बढी आरोप लागे,’ थापाले भने‘माननीय धनराज गुरुङले त गृहमन्त्रीलाई कारबाही गर्न माग गर्दै पत्र दिनुभएको छ।’ थापाले यसबारेमा जसरी पनि जबाफ लिने बताए।

उनले गृहमन्त्रीले सदनमा ‘सूचना बेचेको’ आरोप लगाएको सुनाए। उनले सूचना बेच्ने मान्छेलाई कारबाही गर्नुपर्नेमा सदनमा उठेर अरूलाई आरोप लगाउनु गलत भएको सुनाए।

उनले गृहमन्त्रीले तल्लो स्तरको कुरा गरे पनि व्यक्तिगतरूपमा नलिने बताए। ‘हामी राजासँग लर्‍यौँ। निर्वाचन आयुक्तसँग लर्‍यौ। यस्तै परिरहन्छ।’ उनले भने।

थापाले सरकारको ढिलासुस्ती गरेका कारण संसद् अवरोध भएको सुनाए। ‘लाखौ सहकारीमा रकम राख्नेहरू विचलित भएका छन्।

यसबारेमा संसदीय समिति बनाऔँ भन्दा सरकार मानेन,’ थापाले भने,‘तर समिति गठन भयो। समितिले रवि होस् वा जीबी होस् वा अरू कोही। तिनलाई जबाफ माग्नेछ। महान्यायाधीवक्ता होस् वा अरू कोही तिनको पनि जबाफ समितिले माग्नेछ।’ उनले सूर्यदर्शन लगायतका सहकारीहरु गोर्खा मिडियामा रकम गएको आरोप लगाए।

प्रकाशित: २० जेठ २०८१ १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast