फाइल तस्बिर
काठमाडौँ- उदयपुरको बेलका नगरपालिका ८ सिसौलिघाटबाट सशस्त्र प्रहरीले २ सय ८० किलो गाँजा बरामद गरेको छ।
बिहान ६:५५ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रामपुरले एरिया गस्ती गर्दै जाने क्रममा सिसौली घाटको जंगलमा ६ वटा बोरामा लुकाइ राखेको गाँजाफेला पारेको हो।
करिब २ सय ८० किलो गाँजा, २ थान ट्युब र सानो ठेला गडा १ थानसमेत बरामद गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार सोही सामान कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशंका छ।
बारामद सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा छ।
प्रकाशित: २० जेठ २०८१ ९:२५
प्रतिक्रिया



