सुनको भाउ बढ्याे

हिमाल प्रेस १७ जेठ २०८१ ११:५६ | Thursday, May 30, 2024
सुनको भाउ बढ्याे

काठमाडौँ- नेपाली बजारमा सुनकाे भाउ निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुन तोलामा नै दुई हजार तीन सय रुपैयाँले बढेकाे छ।

बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन पनि बढेको छ।

तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकाेमा आज यो एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ।

अघिल्लो दिनको तुलनामा तेजाबी सुनको भाउ तोलामा दुई हजार दुई सय ५० ले वृद्धि भएको छ।

यसैगरी चाँदीको भाउ तोलामा ७० ले वृद्धि भएको छ। बुधबार एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज दुई हजारमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित: १७ जेठ २०८१ ११:५६ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast