कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल

हिमाल प्रेस १७ जेठ २०८१ ८:३८ | Thursday, May 30, 2024
कांग्रेसको जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा मनोनीत भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम पौडेललाई सो विभागको प्रमुखमा बुधबार मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बागलुङ नगरपालिकाको पैयुँपाटामा २०२३ सालमा जन्मिएका पौडेलले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन्।

उनी २०४६ सालमा त्रिचन्द्र क्याम्पसको अध्यक्ष हुँदै संघको केन्द्रीय सदस्य र महामन्त्री भएका थिए।

प्रकाशित: १७ जेठ २०८१ ८:३८ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast