देउवाले माधव, महन्थ र उपेन्द्रलाई किन बोलाए छलफलमा?

हिमाल प्रेस १६ जेठ २०८१ १७:०७ | Wednesday, May 29, 2024
देउवाले माधव, महन्थ र उपेन्द्रलाई किन बोलाए छलफलमा?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समावादीसहित मधेशवादी दलका नेतालाई छलफलका लागि बोलाएका छन्। अहिले अपराह्न पाँचबजेदेखि देउवा निवास बूढानीलकण्ठमा माधवकुमार नेपाल,  महन्थ ठाकुर र उपेन्द्र यादवबीच छलफल सुरु भएको छ।

मधेश प्रदेश सरकारलगायतका विषयमा छलफल गर्न देउवाले नेताहरूलाई बोलाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

मधेश प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ।

कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपा एक हुँदा मधेशमा केन्द्रीय सत्ता गठबन्धनबाहेकको सरकार बन्ने सम्भावना छ। मुख्यमन्त्रीले जेठ २१ गते विश्वासको मत लिन प्रदेशसभा बैठक डाकिएको छ।

प्रकाशित: १६ जेठ २०८१ १७:०७ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast