रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा

हिमाल प्रेस १६ जेठ २०८१ ११:२१ | Wednesday, May 29, 2024
रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा रवि लामिछाने

काठमाडौँ- रवि लामिछानेलाई गृहमन्त्रीबाट निलम्बन माग गरिएको रिटको पेसी सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ।

अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटको पेसी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा रहेको छ।

महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका थिए।

रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ।

प्रकाशित: १६ जेठ २०८१ ११:२१ | Wednesday, May 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast