स्रोत जुटाउन नसकेपछि सरकारले बजेट घटाएर ल्यायो : पूर्वअर्थमन्त्री महत

हिमाल प्रेस १५ जेठ २०८१ १७:५९ | Tuesday, May 28, 2024
स्रोत जुटाउन नसकेपछि सरकारले बजेट घटाएर ल्यायो : पूर्वअर्थमन्त्री महत फाइल तस्बिर।

काठमाडौं– पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले भनेजस्तो १९/२० खर्बको बजेट ल्याउन नसकेको टिप्पणी गरेका छन्। मंगलबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पूर्वअर्थमन्त्री महतले साे टिप्पणी गरेका हुन्।

‘बजेट १९/२० खर्ब पुर्‍याउने भनेको कुरामा त्यसको लागि उनीहरूले स्रोत जुटाउने ठाउँ पाएन, आन्तरिक ऋण बढाउनु भयो। तर, त्यो पनि त्यहाँभन्दा धेरै बढाउने ठाउँ थिएन। विदेशी सहयोग देखाउने ठाउँ थिएन। राजस्व अत्यधिक मात्रमाबा बढ्छ भन्ने पनि आधार थिएन,’ पूर्वअर्थमन्त्री महतले अघि भने, ‘त्यसैले अत्यन्त ठूलो बजेट बनाउने भन्ने प्रधानमन्त्रीको जुन कुरा थियो त्यसमा ब्रेक लागेको छ।’

उनले बजेट वास्तविकताभन्दा माथि रहेको तर सुधारको ठूलो प्रारम्भ गर्छु भनेअनुसार केही पनि उल्लेख नभएको बताए। उनले बजेट विनियोजन नभई ठेक्का लगाउने जस्ता बेथितिहरू नहटेको पनि टिप्पणी गरे।

प्रकाशित: १५ जेठ २०८१ १७:५९ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast