
काठमाडौँ– सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ।
मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले कक्षा १ देखि ५ सम्मका ३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन्।
अर्थमन्त्री पुनले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजा कार्यक्रमको रकममा वृद्धि गरिएको बताए।
सात प्रदेशका एक-एक स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुसार मेगा किचन स्थापना गरिने अर्थमन्त्री पुनले बताए।
प्रकाशित: १५ जेठ २०८१ १६:२२
प्रतिक्रिया