श्रीलंकामा दलदलमा डुबेर मरे सात वयस्क हात्ती

हिमाल प्रेस १३ जेठ २०८१ २२:११ | Sunday, May 26, 2024
श्रीलंकामा दलदलमा डुबेर मरे सात वयस्क हात्ती तस्बिर स्रोत : एएफपी

कोलम्बो, १३ जेठ (रासस/एएफपी)- वन्यजन्तु अधिकारीहरूले श्रीलंकामा आइतबार सात वयस्क हात्ती मृत फेला परेका छन्। यसलाई पाँच वर्षमा वन्यजन्तुको क्षेत्रमा सबैभन्दा ठूलो क्षति भएको मानिएको छ।

दक्षिण पश्चिम मनसुनको सुरुआतका कारण राजधानी कोलम्बोबाट करिब दुई सय ५० किलोमिटर उत्तरपूर्वमा डिम्बुलागलामा हात्तीहरूको बासस्थानमा बाढी आएको एक अधिकारीले बताएका छन्।

एक क्षेत्रीय वन्यजन्तु अधिकारीले भने, ‘गाउँलेहरूले हामीलाई हिजो साँझ डुबेका तीन जवान हात्तीको बारेमा सूचित गरेका थिए तर हामी दलदल भएको क्षेत्रमा जाँदा थप चार वटा मरेका हात्ती फेला पार्‍यौँ। ’
उनले सोमबार सातवटै हात्तीको शव परीक्षण गरिने बताए। प्रारम्भिक अनुसन्धानले ती हात्तीको दलदलमा डुबेर मृत्यु भएको देखाएको छ ।

सन् २०१९ मा मुलुकको उत्तर–मध्य क्षेत्रमा सात वटा हात्ती यस्तै मृत फेला परेका थिए। एक वर्षअघि सन् २०१८ मा पछिल्लो मृत्युको रिपोर्ट गरिएको क्षेत्रमा अन्य सात हात्ती डुबेर मरेका थिए।

प्रकाशित: १३ जेठ २०८१ २२:११ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast