सरकारविरुद्ध सडकमा कांग्रेस [फोटो फिचर]

दिपेश श्रेष्ठ १३ जेठ २०८१ १५:५३ | Sunday, May 26, 2024
सरकारविरुद्ध सडकमा कांग्रेस [फोटो फिचर]

काठमाडौँ- सहकारी ठगीकाे छानबिनका लागि संसदीय समिति गठनकाे माग राख्दै सदन अवराेध गरिरहेकाे कांग्रेस अब सडकमा उत्रेकाे छ। कांग्रेसले आज काठमाडाैंमा विराेध प्रदर्शनकाे आयाेजना गरेकाे छ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनकाे माग राखेर सदन अवराेध गरिरहे पनि सुनुवाइ नभएपछि कांग्रेस सडक उत्रेकाे हाे।

कांग्रेसले ‘सत्ताको बलमिच्याइँ र सहकारी ठगीविरूद्ध’ प्रदर्शन गरेको जनाएको छ। कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेकोले संसदीय छानबिन समिति गठनका लागि सदन र सडकबाट दबाब दिने निर्णय गरेको थियो।

काठमाडौँस्थित भद्रकाली, सुन्धारा, शान्तिबाटिका र पुतलीसडकमा भेला भई सुरु भएको र्‍यालीसहितको प्रदर्शन भृकुटी मण्डपमा पुगेर सभामा परिणत भएको हो।

प्रकाशित: १३ जेठ २०८१ १५:५३ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast