गठबन्धन निरंकुश बनिरहेको छ: गगन थापा

हिमाल प्रेस १३ जेठ २०८१ १५:११ | Sunday, May 26, 2024
गठबन्धन निरंकुश बनिरहेको छ: गगन थापा गगन थापा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन निरंकुश बन्दै गइरहेको बताएका छन्।
आज आइतबार नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले यो गठबन्धन निरंकुशतातर्फ गइरहेको बताएका हुन्।

‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो। प्रेसले प्रश्न उठाउन छोड्यो भने त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त मर्‍यो। त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन। प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने, यो प्रयोग भइरहेको छ,’ उनले भने, ‘सत्ताले जुन रबैया देखाइरहेको छ, त्यो निरंकुशताउन्मुख रबैया हो। यो गठजोडले देखाएको रबैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ। यसले बिस्तारै बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ। अहिले बोल्ने बेला आएको छ।’

प्रकाशित: १३ जेठ २०८१ १५:११ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast