कांग्रेसको नाराबाजीबीच ठेलमठेल गर्दै रोस्टम पुगेर अर्थमन्त्रीले पेस गरे आर्थिक सर्वेक्षण

हिमाल प्रेस १३ जेठ २०८१ १२:२७ | Sunday, May 26, 2024
कांग्रेसको नाराबाजीबीच ठेलमठेल गर्दै रोस्टम पुगेर अर्थमन्त्रीले पेस गरे आर्थिक सर्वेक्षण

काठमाडौँ- प्रतिनिधसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध तथा नाराबाजी जारी राखेको छ। नियमित कार्यसूचीमा केही हेरफेर भएको व्यहोरा थपिएको सूचना सभामुख देवराज घिमिरेले सुनाएसँगै अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्न अनुमति दिए।

लगत्तै कांग्रेसले वेल घेराउ गर्‍यो। तर सत्तापक्षका सांसदको सहयोगमा उनी रोस्टममा पुगे। त्यसक्रममा प्रतिनिधिसभामा आज पनि धकेलाधकेल भयो। अर्थमन्त्रीलाई वेलमा जान रोकिएपछि माओवादी र रास्वपा सांसदहरू वेलमै प्रवेश गरे।

कांग्रेस सांसदहरूले रोक्दारोक्दै उनीहरू वेलमा प्रवेश गरेपछि धकेलाधकेल भएको हो। धकेलाधकेलकै बीचमा मार्सल प्रवेश गरेर अर्थमन्त्रीलाई रोष्ट्रम पुर्‍याइएको थियो।प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा प्रतिपक्षी दल राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बालेपछि कांग्रेस सांसदहरूले वेल घेराउ तथा नाराबाजी गरेका छन्।

प्रतिपक्षीकाे नारावाजीका बीच बैठक अगाडि बढेकाे छ। अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण पेस गरिरहेका छन्।

प्रकाशित: १३ जेठ २०८१ १२:२७ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast