सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन

हिमाल प्रेस १० जेठ २०८१ १४:३६ | Thursday, May 23, 2024
सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन केपी ओली

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक नखोसिएको टिप्पणी गरेका छन्।नागरिकता किर्ते प्रकरणमा पक्राउ परेपछि नेताहरूका टिप्पणी तथा प्रतिक्रिया आएका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिक्रिया दिएका हुन्।

गृह जिल्ला झापामा रहेका उनले पत्रकारहरूसँग कुरा गर्दै सिरोहिया पक्राउबारे यस्तो बताएका हुन्। सिरोहिया पक्राउ परेपछि लोकतन्त्र खतरामा परेको र प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको चर्चा चलेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन्।

उनले भने, ‘के लेखेको आरोप उनीमाथि लागेको छ ? म त यता छु कि, के लेखेको विषयमा उनीमाथि यसरी कारबाही भयो त ? के लेखेको विषयमा गिरफ्तारी भनेको छ सरकारले ? अहिले गिरफ्तारी लेखेको विषयमा हो र ? त्यस्तो गलत व्याख्या चाहिँ उचित हुँदैन।’

अध्यक्ष ओलीले एक जना मिडिया हाउसको मान्छे पक्राउ पर्दैमा रोइकराइ गर्नुनपर्नेसमेत प्रतिक्रिया दिएका छन्। ‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि त्यो भइराखेको छ। त्यो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई। विवादको विषय हुन सक्छ। जन्मकैद गर्न खोजेको होइन। सञ्चारमाथिको हमला भनेर। पत्रकारमाथि फौजदारी अभियोग छ ?,’ उनले भने, ‘मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ। किन यस्तो समाचार प्रकाशित गर्‍यो ? किन यस्तो बोल्यो भन्ने विषय त होइन। विषय अर्कै छ। फौजदारी कुरा होला। यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो।’

ओलीले मन्त्री, उपप्रधानमन्त्रीलाई पक्राउ गर्दा केही नहुने तर अहिले सिरोहिया पक्राउ पर्दा लोकतन्त्रै हल्लियो त भन्दै प्रश्नसमेत गरे।

प्रकाशित: १० जेठ २०८१ १४:३६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast