बाल अधिकार परिषद्की सदस्यसचिव ढकालमाथि छानबिन गर्न समिति गठन

हिमाल प्रेस ९ जेठ २०८१ १९:१२ | Wednesday, May 22, 2024
बाल अधिकार परिषद्की सदस्यसचिव ढकालमाथि छानबिन गर्न समिति गठन

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालमाथि छानबिन गर्न ४ सदस्यीय समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव एवं प्रशासन महाशाखा प्रमुख पुष्कर न्यौपानेको संयोजकत्वमा छानबिन समिति गठन भएको हो। बाँकी तीन जना सदस्य मन्त्रालयका कर्मचारी रहेका छन्।

परिषद्का सदस्य सचिव ढकाल विरुद्ध मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। छानबिन गरेर प्रतिवेदन समेत पेस गर्ने गरी समितिलाई जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

ढकालमाथि अनुगमनका नाममा बालगृहबाट पैसा असुल्ने, सागपात, दूध, दही, खाद्यान्न समेत उठाएर हिँड्ने गरेको आरोप छ।

साथै बालगृह अनुगमनका नाममा बिदा मनाउन र घरपरिवार नातेदार भेट्न जाने गरेको, परिषद्‌मा आर्थिक अनियमितता, अयोग्यता, नातेदार, पति लगायतलाई कर्मचारी, विज्ञ नियुक्त गरेको र विभिन्न संस्थासँग रकम असुली गर्ने कार्यमा सदस्य सचिव ढकाल संलग्न रहेकाले कारबाहीको माग गर्दै उजुरी परेको हो।

मन्त्रालयले उजुरी परेपछि महिला मन्त्री चौधरी करिब एक महिना अघि परिषद्को बैठकले सदस्य सचिवको अधिकार कटौती गरेको थियो।

परिषद्को बैठकले समन्वय लगायतका कामको जिम्मेवारी परिषद्का उपाध्यक्ष र प्रशासनिक तथा आर्थिक कामको जिम्मेवारी सदस्य सचिवले गर्ने गरी निर्णय गरेको थियो।

प्रकाशित: ९ जेठ २०८१ १९:१२ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast