धनी मन्त्री महासेठ : सातवटा बैंकमा खाता, सम्पत्तिजति श्रीमतीका नाममा

हिमाल प्रेस ८ जेठ २०८१ १६:३८ | Tuesday, May 21, 2024
धनी मन्त्री महासेठ : सातवटा बैंकमा खाता, सम्पत्तिजति श्रीमतीका नाममा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ

काठमाडौँ- उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। जसअनुसार उनले श्रीमती जुलीकुमारी महतोको नाममा चलअचल सम्पत्ति रहेको विवरणमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भएको विवरणअनुसार उनले २०५५ सालमा साढे २ तलाको घर खरिद गरेको र २०५६ सालमा ललितपुरमा जग्गा किनेर घर बनाएर त्यहीँ बसेको विवरणमा उल्लेख गरेका छन्। जनकपुर र ललितपुरको घर श्रीमती महतोका नाममा रहेको उपप्रधानमन्त्री महासेठले खुलाएका छन्।

त्यसैगरी धनुषाको क्षिरेश्वरनाथ, कमलामाई नगरपालिकाभित्र २०६५ र २०६८ सालमा किनेको ७.३ बिघा, कठ्ठा जग्गा पनि महासेठको सम्पत्ति विवरणमा उल्लेख छ।  महासेठ जनकपुर र काठमाडौँमा गरी १० बिघाभन्दा बढी जग्गाका मालिक हुन्।

नगद, सुन, चाँदी, हीरा

महासेठले जग्गा बिक्री, पैतृक जग्गाको कृषि बालिबाट संकलित रकम २ करोड २५ लाख रुपैयाँ नगद भएको विवरणमा उल्लेख गरेका छन्।  महासेठको पैतृक तथा उपहारबाट ४३ तोला सुन, १.५० केजी चाँदी, ७ थान औँठी, ३ थान सिक्री (हारजस्तो देखिने), ३ जोडा कानमा लगाउने र २ जोडा चुरा (बाला) रहेको छ। सेयर तथा ऋणको विवरणमा महासेठले श्रीमती जुलीकुमारी महतोको नाममा गुडविल फाइनान्स, काठमाडौँ र लक्ष्मी बैंक, काठमाडौँमा ५ लाख बराबरको सेयर रहेको जनाएका छन्।

ऋण, सापटी, सहयोग र पैतृक सम्पत्तिबाट महिला लघुवित्तमा १ करोडको सेयर जुलीकुमारी महतो नाममा रहेको र कर्पोरेट बैंक वीरगन्ज २ करोड ५० लाख रुपैयाँ कृषि, ऋण, सापटी, सहयोग र पैतृक सम्पत्ति रहको महसेठले विवरणमा जनाएका छन्।

प्रकाशित: ८ जेठ २०८१ १६:३८ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast