प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

हिमाल प्रेस ८ जेठ २०८१ १४:३३ | Tuesday, May 21, 2024
प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौँ- मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो।

सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताएका छन्।

कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेको छ। समिति बनाउन सरकार पनि तयार भए पनि टिओआरमा अझै कुरा मिल्न सकेको छैन।

यस्तै कांग्रेसले आफ्ना नेताहरुमाथि लगाइएको आरोप प्रमाणित नगरे सदनबाट गलहत्याएर निकाल्नेसम्मको चेतावनीसमेत दिएको छ।

प्रकाशित: ८ जेठ २०८१ १४:३३ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast