सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर नउठाउने बालेनको चेतावनी

हिमाल प्रेस ७ जेठ २०८१ १८:२४ | Monday, May 20, 2024
सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर नउठाउने बालेनको चेतावनी काठमाडौँ महानगरका प्रमुख बालेन शाह। फाइल तस्बिर

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित दलका कार्याल र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्।

काठमाडौं उपत्यकाको फोहोर ओसार्न प्रयोग हुने गाडीका ४ जना चालकलाई सरकारले पक्राउ गरेको भन्दै उनले यस्तो चेतावनी दिएका हुन्।

शाहले भ्रष्टहरूलाई पक्राउ गर्न नसक्ने सरकारले फोहोर बोक्ने चालक पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्।

‘भ्रष्टहरूलाई समात्न सक्नु भएन, काठमाडौंको फोहोर बोक्ने गाडीका चारजना चालकलाई समात्नु भएछ,’ कान्स फिल्म फेस्टिभलमा भाग लिन अहिले पेरिसमा रहेका उनले फेसबुकमा लेखेका छन्, ‘जबसम्म ती चालकलाई स-सम्मान रिहा गरिन्न तबसम्म सिंहदरबार लगायत सबै दलका कार्यालय र नेताहरूको घरको फोहोर उठ्दैन। को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन।’

सोमबार मात्रै मेयर शाहले झापाको गिरीबन्धु टि-स्टेट जस्तै १०१ वटा कम्पनीले जग्गा सट्टाभर्नाको निवेदन दिएर ५० खर्बसम्मको खेलो फड्को गर्न लागेको जिकिरसहित अर्को पोस्ट हालेका थिए।

s

प्रकाशित: ७ जेठ २०८१ १८:२४ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast