रविले सोधे : अरू काण्डमा पनि समिति बनाउन तयार हो?, गगनले भने : हो

हिमाल प्रेस ६ जेठ २०८१ २०:२० | Sunday, May 19, 2024
रविले सोधे : अरू काण्डमा पनि समिति बनाउन तयार हो?, गगनले भने : हो

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा उठाएको प्रश्नको कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले पत्रकार सम्मेलन गरेर जवाफ दिएका छन्।

आइतबार संसद्मा लामिछानेले अरू काण्डमा छानबिन हुने भए आफू पनि सहकारी प्रकरणमा छानबिनका लागि परीक्षा दिन तयार रहेको बताएका थिए। लामिछानेले टीकापुर काण्ड, ललितानिवास, बालमन्दिर, घडी चोरी, टेरामक्स, वाइड बडीलगायतका काण्डको विषय उठाएका थिए।

यता थापाले पनि पत्रकार सम्मेलन गर्दै जुनजुन विषयमा समिति बनाउने हो सबैमा बनाउन तयार भएको बताएका हुन्। ‘प्रसूति गृहमा जन्मिएको हुँ, छानबिन गर्न त्यहीँबाट सुरु गरे पनि हुन्छ,’ उनले भने।

प्रकाशित: ६ जेठ २०८१ २०:२० | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast