सभामुख देवराज घिमिरे
काठमाडौँ- प्रतिनिधिसभामा प्रतिपक्षमा रहेका दलका नेताहरूले सभामुख देवराज घिमिरेलाई भेटेर पेलेर संसद् बैठक अगाडि नबढाउन आग्रह गरेका छन्। कांग्रेस प्रमुख सचेतकका अनुसार वेल विपक्षीको भएको भन्दै ध्यानाकर्षण गराइएको हो।
उनका अनुसार हिजोजस्तै सदन चलाउने सभामुखको मनसाय भएको भए कांग्रेसबाहेकका विपक्षी दल पनि वेलमा ओर्लने चेतावनी दिइएको छ। विपक्षले ध्यानाकर्षण गराएपछि सभामुख अहिले सत्तापक्षका नेताहरूसँगको छलफलमा छन्।
प्रकाशित: ४ जेठ २०८१ १३:०८ | Friday, May 17, 2024
प्रतिक्रिया




