दक्षिण एशियाली महिलाहरुको तीन दिने सम्मेलन सम्पन्न

हिमाल प्रेस २ जेठ २०८१ १२:२४
10
SHARES
दक्षिण एशियाली महिलाहरुको तीन दिने सम्मेलन सम्पन्न

ललितपुर- दक्षिण एशियाली महिलाहरुको तीन दिने सम्मेलन-२०८१ सम्पन भएको छ। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख अतिथ्यमा सम्पन भएको हाे।

सम्मेलनमा दक्षिण एसियामा महिला सशक्तिकारणमा कुटनैतिक प्रयास, दिगो विकास लक्ष्य प्राप्तिमा महिला उद्यमशीलता, पर्वतीय महिला एवं जलवायु परिवर्तन, वित्त र बजारसम्म महिलाको पहुँच, महिलाको आर्थिक सशक्तिकरणमा नीति र पैरवी, ग्रामीण पर्यटन र महिला सशक्तिकरण, लैंगिक खाडल न्यूनीकरणमा डिजिटल समावेशिता, दक्षिण एसियाको क्षमता अभिवृद्धिमा दात्री निकायहरुको भूमिका, महिलाका साना तथा मझौला उद्योगका सफलता र चुनौतीका कथाहरु लगायत विभिन्न विषयमा छलफल भयो।

९ वटा प्यानलमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्सका प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, महिला उद्यमी, पर्यटन कर्मचारी, नीति निर्माता र चिकित्सकसमेत गरि करिव ५० जनाले प्रस्तुति राखेका थिए।

प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मेलनको समापन मन्तव्यमा महिलाको आर्थिक सशक्तिकरण र दिगो विकासमा योगदान पुर्‍याउने पहललाई सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई जोड दिए।

उनले दक्षिण एसियाभर महिलाको अधिकार र अवसरलाई अगाडि बढाउने राज्य नीति, सहयोग र निरन्तर प्रयासको महत्त्वलाई दोहोर्‍याउनुका साथै तीन दिने दक्षिण एसियाली महिला सम्मेलन सफलता र एक अर्काबाट भएको सिकाईका लागि बधाई दिए।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरलाले सम्मेलन महिलाको आर्थिक सशक्तिकरणलाई अगाडि बढाउन रणनीतिहरू विकास गर्ने महत्त्वपूर्ण अवसर रहेको बताए।

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले ग्रामीण पर्यटनमा दिगो विकास, डिजिटल रुपान्तरण र लैंगिक असमानता घटाएर महिलाको आर्थिक सशक्तिकरण बढाउनुपर्नेमा जोड दिए।

नेपालमा पहिलो पटक भएको उक्त सम्मेलनले दक्षिण एशियाली महिलाहरुद्धारा संचालित लघु, साना र मध्यम स्तरका व्यवसायहरुको प्रवर्धन गर्नुपर्ने, लैंगिक डिजिटल ग्यापलाई कम गर्न काम गर्नुपर्ने र महिलाहरुको आर्थिक सशक्तिकरणमा विशेष जोड दिनुपर्ने पुष्टि गरेको छ।

समाजको समग्र समृद्धि र आर्थिक विकासका लागि सबै महत्त्वपूर्ण क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितालाई पुष्टि गर्दै, महिलामा आर्थिक सशक्तिकरणको आवश्यकतालाई थप उजागर गरेको छ।

महिला समूहहरू, विशेष गरी साना र मझौला उद्यमहरूले सामना गर्ने चुनौतीहरूलाई सम्बोधन गर्न थप मार्ग प्रसस्त गर्न र विशेष गरि प्रविधिको प्रयोगबाट हुने रूपान्तरणका मार्गहरु चित्रण समेत गरेको छ।

कुपण्डोल ललितपुरको कुपण्डोलस्थित होटल हिमालय सम्पन्न भएको सम्मेलनमा करिब दुई सय जनाको सक्रिय सहभागिता थियो। सम्मेलन अन्तर्राष्ट्रिय विकास संस्था, दक्षिण एशियाली महिलाहरुको संजाल, हिमालपार वातावरण तथा जीविकोपार्जन कार्यक्रम नेपालले आयोजना गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast