सुनचाँदीकाे मूल्य बढ्याे, ताेलाकाे कति?

हिमाल प्रेस २ जेठ २०८१ ११:५५ | Wednesday, May 15, 2024
सुनचाँदीकाे मूल्य बढ्याे, ताेलाकाे कति?

काठमाडाैँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेको सुनको भाउ ‍आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

प्रकाशित: २ जेठ २०८१ ११:५५ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast