नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

हिमाल प्रेस १ जेठ २०८१ १३:१० | Tuesday, May 14, 2024
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित फाइल तस्बिर

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ। बैठकले सोह्रौं पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिइन्।

राष्ट्रिय योजना अयोगले सोह्रौं आवधिक योजना (२०८१/८२/२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो।

प्रकाशित: १ जेठ २०८१ १३:१० | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast