मुम्बईमा भीषण हावाहुरी, आठजनाको मृत्यु

हिमाल प्रेस १ जेठ २०८१ ९:२० | Tuesday, May 14, 2024
मुम्बईमा भीषण हावाहुरी, आठजनाको मृत्यु

काठमाडौँ- भीषण आँधीका कारण भारतको मुम्बईमा सोमबार साँझ ठूलो होर्डिङ खसेर लाग्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

दुर्घटनामा ६० जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ।

समाचारमा जनाइएअनुसार घाटकोपर (ई) क्षेत्रको समता कोलोनीमा रहेको रेलवे पेट्रोल पम्पनजिकै राखिएको होर्डिङ सोमबार अपराह्न एक्कासि आएको भीषण हावाहुरीले खसेको थियो।

वर्षा र हावाहुरी आएपछि पेट्रोल पम्पमा बसेका मानिसको भीडमा होर्डिङ बोर्ड खसेको थियो।

केही मानिस अझै फसेको आशंका गरिएको बीबीसी हिन्दीले जनाएको छ । उद्धारमा संलग्न एजेन्सीहरूले घटनास्थलमा अझै २० देखि ३० जना फसेको आशंका गरेका छन्।

प्रकाशित: १ जेठ २०८१ ९:२० | Tuesday, May 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast