जसपा नेपाल विभाजनविरुद्ध उपेन्द्र यादवद्वारा रिट दायर, जेठ २ मा पेसी

हिमाल प्रेस ३१ वैशाख २०८१ १४:०३ | Monday, May 13, 2024
जसपा नेपाल विभाजनविरुद्ध उपेन्द्र यादवद्वारा रिट दायर, जेठ २ मा पेसी

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले  गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

आफूहरूबाट फुटेर गएकालाई कानुन विपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान गरिदिएको भन्दै यादवले रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाएका छन्।

रिटको पेसी जेठ २ गते तोकिएको छ। जसपा नेपालबाट फुटेका अशोक राईसहितका नेताहरूले जनता समाजवादी पार्टी नामक अर्को पार्टी दर्ता गराएका छन्।

प्रकाशित: ३१ वैशाख २०८१ १४:०३ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast