इटहरी- कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइराला बर्खास्त भएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई आइतबार बर्खास्त गरेका हुन्।
प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठका अनुसार संविधानको धारा १६८ को उपधारा ५ अनुसार २६ वैशाखमा मुख्यमन्त्री बनेका कार्कीले २८ वैशाखमा कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए। सिफारिस अनुसार आइतबार प्रदेश प्रमुखले कोइरालालाई पदमुक्त गरेको श्रेष्ठले जानकारी दिए।
कोइरालालाई निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २०८० पुस २१ गते मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए।

प्रकाशित: ३० वैशाख २०८१ २०:१० | Sunday, May 12, 2024
प्रतिक्रिया



