संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको : निधि

हिमाल प्रेस २९ वैशाख २०८१ १६:५२ | Saturday, May 11, 2024
संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको : निधि

धनुषा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बिमलेन्द्र निधिले संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा रहेको बताएका छन्।

जनकपुरधाममा नेपाली कांग्रेस धनुषाद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने कुरामा जोड दिएको बताए।

‘सरकारले समिति बनाउन साथ दिनुको सट्टा विवादलाई बढाउने काम गरिरहेको छ’, नेता निधिले भने। कुनै पनि समस्या समाधान गर्न दृढ इच्छा शक्ति हुन आवश्यक रहेको उनकाे भनाइ थियाे।

नेता निधिले समग्र निर्वाचन प्रणालीमा सुधार गरेर अगाडि बढ्न तथा प्रदेशलाई बलियो बनाउनका लागि प्रहरी तथा कर्मचारी समायोजनमा ढिलाइ गर्न नहुने बताए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रमोहन यादव, मिनाक्षी झा, मधेश प्रदेशसभा सदस्य रामसरोज यादव, पार्टीका जिल्ला सभापति योगेन्द्र पञ्जियार, कांग्रेस धनुषाका उपसभापति गणेश झालगायतले आआफ्नो धारणा राखेका थिए।

प्रकाशित: २९ वैशाख २०८१ १६:५२ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast