निलम्बन फुकुवापछि कांग्रेस सांसद गुरुङ संसद्‍मा

हिमाल प्रेस २८ वैशाख २०८१ १६:५९ | Friday, May 10, 2024
निलम्बन फुकुवापछि कांग्रेस सांसद गुरुङ संसद्‍मा

काठमाडौँ- निलम्बन फुकुवा भएपछि नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले संसद् बैठकमा उपस्थिति जनाएका छन्। आजबाट (शुक्रबार) बाट सुरु भएको बजेट अधिवेशनमा उनले उपस्थिति जनाएका हुन्। यद्यपि अहिले संसद् बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको छ।

सर्वोच्च अदालतले गुरुङलाई निलम्बन गर्नेसम्बन्धी संसद सचिवालयको सूचना बदर गर्ने आदेश दिएपछि उनको निलम्बन फुकुवा भएको हो।

भ्रष्टाचार मुद्दा खेपिरहेका बेला गुरुङ २०७९ को आम चुनावमा कांग्रेसको टिकटमा मनाङबाट निर्वाचित भएका थिए। उनी निर्वाचित भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार संसद् सचिवालयले २०७९ पुस १२ मा उनी निलम्बन भएको सूचना प्रकाशित गरेको थियो। सर्वोच्चले सो निलम्बनसम्बन्धी सूचना बदर गर्न आदेश दिएको हो।

विशेष अदालतले भ्रष्टाचार मुद्दामा उनलाई दाेषी ठहर गर्दै आर्थिक जरिबाना गरेकाे थियाे तर जेल सजाय दिएकाे थिएन। सचिवालयका प्रवक्ता एकराम गिरीले सर्वोच्चले गरेको संक्षिप्त आदेश प्राप्त भएपछि त्यसअनुसार प्रक्रिया अगाडि बढेको बताए। सर्वोच्चको आदेशपछि स्वयम् गुरुङले आफ्नो निलम्बन फुकुवा गर्न संसद् सचिवालयमा निवेदन दिएका थिए।

प्रकाशित: २८ वैशाख २०८१ १६:५९ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast