रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

हिमाल प्रेस २८ वैशाख २०८१ १४:५४ | Friday, May 10, 2024
रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ– रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा परी तीन जना घाइते भएका छन्। आठबिसकोट–१४ छेपारेमा जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोख्रेलले जानकारी दिए।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल चौरजहारी पठाइएको उनले बताए। उनका अनुसार ट्याक्टर सडकबाट डेढ सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित: २८ वैशाख २०८१ १४:५४ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast