काठमाडौँ- नेपाली कांग्रेसले आजबाट सुरु हुने बजेट अधिवेशनको संसद् बैठकमा गृहमन्त्री रवि लामिछानेसहितका शीर्ष नेतालाई बोल्ने दिने निर्णय गरेको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले रविसहितका नेताहरुलाई आज संसद्मा बोल्न दिने र त्यसपछि भने संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो।
बैठकले रवि लामिछानेलाई गृहमन्त्रीको रूपमा नभई एक दलको नेताको रूपमा बोल्न दिने पनि निर्णय गरेको कांग्रेसको भनाइ छ।
कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले शीर्ष नेतालाई संसद्मा बोल्न दिने पार्टीले निर्णय गरेको जानकारी दिँदै त्यसपछि भने लामिछानेबारे उठेका विषय सम्बोधन गर्न संसदीय छानबिन समिति नभएसम्म बैठक अबरुद्ध गर्ने रणनीति पार्टीले लिएको बताए।
प्रकाशित: २८ वैशाख २०८१ ११:०४ | Friday, May 10, 2024
प्रतिक्रिया




