 
                             
                                            उदयपुर- उदयपुरको कटारी नगरपालिका ६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका- ७ कटहरेका ६५ वर्षीय बल बहादुर परियारको हत्या भएको छ। दलबहादुरको हत्या गरेको अभियोगमा प्रहरीले कटारी नगरपालिका- ६ धप्पर बस्ने ३५ वर्षीय केशरबहादुर परियारलाई गएराति पक्राउ गरेको छ।
गएको सोमबार साँझ केशरले दाउराले हान्दा गम्भीर घाइते भएका बलबहादुरको उपचारको क्रममा ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौँमा गएराति मृत्यु भएको हो। प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
                            प्रकाशित: २१ वैशाख  २०८१ १३:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 