वैदेशिक रोजगारीको प्रलोभनमा अन्य देश हिँडेका नेपाली किर्गिस्तानमा अलपत्र

हिमाल प्रेस १८ वैशाख २०८१ १३:५५ | Tuesday, April 30, 2024
वैदेशिक रोजगारीको प्रलोभनमा अन्य देश हिँडेका नेपाली किर्गिस्तानमा अलपत्र

काठमाडाैँ- वैदेशिक रोजगारीको प्रलोभन देखाएर दलालले किर्गिस्तान पुर्‍याएका केही नेपाली अलपत्र परेका छन्। पाकिस्तानस्थित नेपाली दूतावासका अनुसार रोजगारीको प्रलोभन देखाएर केहीलाई किर्गिस्तानको बाटो प्रयोग गरी अन्य देश लैजाने गरिएको छ। किर्गिस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर दलालले त्यहाँ पुर्‍याएका नेपाली अलपत्र गरेको सूचना आएको दूतावासकाे भनाइ छ।

किर्गिस्तानमा अलपत्र  नेपालीहरूमध्ये केहीलाई उद्धार गरी हाल नेपाल फर्काइएको छ भने केही नेपाली हाल फर्कने क्रममा रहेको दूतावासले जनाएको छ। किर्गिस्तान दलालमार्फत नेपाली पुग्ने क्रम नरोकिएको जनाउँदै दूतावासले केही समययता धेरै नेपालीलाई ठगिएको र त्यहाँ पुगेका नेपाली हाल अलपत्र परेको जानकारी आउने गरेको बताएकाे छ।

वैदेशिक रोजगारीमा जानको लागि नेपाल सरकारले व्यवस्था गरेको स्थापित र कानुनी बाटोबारे जानकारी लिन दूतावासले आग्रह गरेको छ। नेपालीलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्नेमा संलग्नहरूमा केही नेपाली र केही विदेशी नागरिकसमेत रहेका कारण सबैलाई यस्ता व्यक्तिबाट सचेत हुन् दूतावासले अपिल गरेको छ।

किर्गिस्तानमा कोही नेपाली समस्यामा परेको भए तत्काल सम्पर्कमा आउन पनि दूतावासले सूचनामार्फत जानकारी गराएको छ।

प्रकाशित: १८ वैशाख २०८१ १३:५५ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast