वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ९४ लाख ठगी

हिमाल प्रेस १३ असोज २०८३ ७:०६ | Tuesday, September 29, 2026
12
SHARES
वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ९४ लाख ठगी प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार खतिवडाले स्लोभानिया र माल्दिभ्स पठाइदिने भन्दै २५ जनाबाट रु ८५ लाख ठगी गरेको आरोप लागेको छ।

रकम लिएर विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए। त्यस्तै, तामाङले जापान पठाइदिने भन्दै एक जनाबाट रु नौ लाख लिएको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार खतिवडालाई काठमाडौँ महानगरपालिका–२६ बाट र तामाङलाई काठमाडौँ–९ सिनामङ्गलबाट पक्राउ गरिएको हो। उनीहरु माथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १३ असोज २०८३ ७:०६ | Tuesday, September 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast