प्रतिनिधिमूलक तस्बिर
काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
नेपाल प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याल छन्।
माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१३ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँ पठाइएको छ।
प्रकाशित: २६ असार २०८३ १३:१२ | Friday, July 10, 2026
प्रतिक्रिया



