उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

हिमाल प्रेस १४ वैशाख २०८१ १०:४३ | Friday, April 26, 2024
उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति सांकेतिक तस्बिर

उदयपुर- उदयपुरको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने ५० लाख बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित ३० लाख र छोरा रमेशको घरमा २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए।

प्रकाशित: १४ वैशाख २०८१ १०:४३ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast