गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

हिमाल प्रेस १४ वैशाख २०८१ ८:१२ | Friday, April 26, 2024
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौँ- गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर गुल्मीदरबार गाउँपालिका वडानम्बर ३ निवासी २९ वर्षका अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

गएाित दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३१ वर्षका यमबहादुर सुर्यवंशी घाइते भएका छन्।

गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ को मोटरसाइकल आँफै अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी पोखरेलले बताए। घाइते सुर्यवंशीको पाल्पामा उपचार भइरहेको छ।

 

प्रकाशित: १४ वैशाख २०८१ ८:१२ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast